Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • वायु प्रदूषण बढेपछि पाकिस्तानमा स्वास्थ्य संकटकाल घोषणा

    वायु प्रदूषण बढेपछि पाकिस्तानमा स्वास्थ्य संकटकाल घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ४ मंसिर २०८१
  • 180
    SHARES

    काठमाडौं । पाकिस्तानको पञ्जाब सरकारले लाहोर र मुल्तानमा स्वास्थ्य संकटकाल लगाएको छ।

    बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएपछि वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न लकडाउन लगाइएको हो ।



    हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो ।



    त्यस क्षेत्रमा केही स्थानमा वायूको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।

    सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ ।

    प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।

    त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार