काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा दोस्रोपटक आक्रमण भएको छ ।
नेतान्याहूको घरलाई लक्षित गर्दै आगोको गोला प्रहार भएको हो । उक्त गोला नेतान्याहूको घरको आँगनमा खसेको टाइम्स अफ इजरायलले जनाएको छ ।
आक्रमण कसले गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन । इजरायली सुरक्षा एजेन्सीका अनुसार घटनाबाट कुनै नोक्सानी पुगेको जानकारी प्राप्त भएको छैन ।
हमलाको बेलामा घरमा नेतान्याहू र उनको परिवार थिएन । यसअघि १९ अक्टोबरमा नेतान्याहूको घरमा हिजबुल्लाहले आक्रमण गरेको थियो । त्यतिबेला एक ड्रोन नेतान्याहूको घर नजिकै खसेको थियो ।
उक्त हमलामा पनि कोही हताहत नभए पनि नेतान्याहू र उनकी पत्नी सारा घरमै थिए । पछिल्लोपटक नेतान्याहूको घरमा ड्रोन हमला हुँदा त्यसलाई असफल बनाउन चार लडाकु विमान र एक मिसाइल नै छाड्नुपरेको थियो ।
Leave a Reply