Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एमालेका उम्मेदवारलाई समर्थन गर्ने नेपाल परिवार दलको निर्णय

    एमालेका उम्मेदवारलाई समर्थन गर्ने नेपाल परिवार दलको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २ मंसिर २०८१
  • 291
    SHARES

    काठमाडौं । नेपाल परिवार दलले मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।

    दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले यसबारे जानकारी दिएका हुन् ।



    ढकालले सूर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराऊन आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक आह्वान समेत गरेका छन् ।



    यही मंसिर १६ गते रिक्त स्थानीय तहमा उपनिर्वाचन हुँदै छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार