Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नेपाल प्रहरीमा तीन डीआईजीको दरबन्दी थप्न अर्थमन्त्रीको सहमति

    नेपाल प्रहरीमा तीन डीआईजीको दरबन्दी थप्न अर्थमन्त्रीको सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, ३० कार्तिक २०८१
  • 2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा तीन डीआईजीको दरबन्दी थप हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलबीच भएको छलफलमा प्रधानमन्त्रीले दरबन्दी थपमा सहमति दिन निर्देशन दिएका हुन् ।

    सोहीअनुसार गृह मन्त्रालयले तीन डीआईजीको दरबन्दी थपसम्बन्धि प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्रमा डीआईजीको दरबन्दी थप्न लागिएको हो ।



    अर्थमन्त्री पौडेलले मौखिक रुपमा सहमति जनाइसकेको तर लिखित रुपमा भने सहमति आइनसकेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।



    डीआईजी बढुवामा तिव्र टक्कर भएपछि यसरी दरबन्दी थप्न लागिएको स्रोत बताउँछ । हाल नेपाल प्रहरीमा डीआईजीका आठ दरबन्दी रिक्त छन् । जसमा दुई दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन् ।

    जसमध्ये कतिपय आर्थिक चलखेलकै आधारमा बढुवा हुने दाउमा छन् । उनीहरुकै कारण दरबन्दी थप हुन लागेको स्रोत बताउँछ ।

    एसएसपीहरू धुव्रराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, दिनेश आचार्य, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, अरुण पौडेल, गोविन्द थपलिया, सुदर्शन कोइराला, दिपक रेग्मी, शिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमा प्रसाद चर्तुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बर विक, ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र जिसी, दिलिपसिंह देउजा, बिनोद घिमिरे, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, संजिव शर्मा दास र शारदा प्रसाद चौधरी बढुवाको प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार