Online Nepal
  • शुक्रबार, ५ पुष २०८१
  • हवाई भाडा घटाउन गगन थापाले गराए पर्यटनमन्त्री पाण्डेको ध्यानाकर्षण

    हवाई भाडा घटाउन गगन थापाले गराए पर्यटनमन्त्री पाण्डेको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • शुक्रबार, ३० कार्तिक २०८१
  • 219
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हवाई भाडामा भएको अस्वाभाविक वृद्धिका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई ध्यानाकर्षण गराएका छन्।

    आज सामाजिक संञ्जाल फेसबुकमा लेख्दै महामन्त्री थापाले हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको विषयमा पर्यटनमन्त्री पाण्डेलाई ध्यानाकर्षण गराएको बताएका हुन्।



    मन्त्रालयमा पुगेर प्रतिनिधिसभा सांसद सञ्जय गौतमसँगै मन्त्री पाण्डे सचिव लगायतसँग छलफल गरेको महामन्त्री थापाले बताए ।



    हवाई भाडामा भएको अस्वाभाविक वृद्धिलगायतका विषयमा मन्त्री पाण्डेसहित मन्त्रालयका अधिकारीहरूलाई ध्यानाकर्षण गराएको महामन्त्री थापाको भनाइ छ।

    महामन्त्री थापाले लेखेका छन्,’ अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको सङ्ख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि भएको छ। जसको सिधा असर आम मानिसमा परेको छ। हामीले यो सम्बन्धमा मन्त्रालयको धारणा सुन्यौ। यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने जानकारी लियौ। डिसेम्बर महिना बाट धेरै सुधार हुन्छ भन्ने कुरा आएपनी त्यसपश्चात्को हवाई भाडा दर पनि महँगो नै रहने अवस्था छ। यसको समाधानको लागी सबै उपायहरू लगाएर भाडदारमा भइरहेको अनियमितता लाई चेक गर्न आवश्यक रहेको बुझाउँदै हामीले हाम्रा सुझाव दिएका छौँ। यसरी विमानस्थलमा हुने निर्माण कार्यकै कारण देशको हवाई यातायात र भाडा दर प्रभावित हुनेभएकोले अहिले भइरहेको विमानस्थल निर्माणका कामहरूलाई ‘के-कस्तो उपायहरू लगाएर थप गतिशील बनाएर कसरी निर्माणको अवधि घटाउन सकिन्छ? जसले गर्दा निर्माण अवधि घट्न सक्छ।’, भन्ने हाम्रो चासोको विषयमा मन्त्रालयले काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ, जुन सराहनीय छ। कोरियामा जाने श्रमिकहरू महँगो हवाई-भाडदारका कारण एकदमै ठुलो मारमा परेका छन्। नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर हुन्छ वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्नुपर्छ भन्ने धारणा राख्यौँ। यस सम्बन्धमा मैले अध्ययन गरेर, अन्तरक्रिया गरेर लिएको सबै कुराको जानकारी गराएको छु। यसका लागी मन्त्रालयले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, EPS, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग एकै ठाउँमा बसेर, समन्वय गरी तत्काल निचोडमा पुगेर कार्यान्वयनमा लिएर जानुपर्नेछ। यसमा मन्त्रीजीले ‘तुरुन्त काम हुने गरी प्रक्रिया अगाडी बढाउँछु’ भन्ने कुराको विश्वास दिलाउनुभएको छ।’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरउन्नतीको काम भइरहेको छ। यसले गर्दा दैनिक रूपमा १० घन्टाका दरले विमानस्थल बन्द गरेर काम भइरहेको छ।

    उनले हवाई भाडा दर महँगो रहेकोले समाधानको लागि सबै उपाय लगाएर भाडादरमा भइरहेको अनियमिततालाई चेक गर्न आवश्यक रहेको सुझाव पनि दिएको बताए।

    त्यस्तै, कोरियामा जाने श्रमिकहरू महँगो हवाई भाडदरका कारण मारमा परेको समेत उनले बताए । पर्यटनमन्त्री पाण्डेले तुरून्त काम हुने गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको महामन्त्री थापाले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार