Online Nepal
  • शनिबार, ६ पुष २०८१
  • पर्यटनमन्त्री पाण्डेद्धारा कांग्रेस सांसद बजगाईंविरूद्ध उजुरी दर्ता

    पर्यटनमन्त्री पाण्डेद्धारा कांग्रेस सांसद बजगाईंविरूद्ध उजुरी दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ३० कार्तिक २०८१
  • 393
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेस कै नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गरेका छन् ।

    पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा सांसद बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन्।



    सांसद बजगाईँले पार्टी अनुशासन र हित विरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उनले उजुरी दर्ता गराएका छन्।



    सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए ।

    आरोपमा सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार