Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • हनि ट्रयापिङ प्रकरण : एसपी कमल थापासँग सिआइबीले लियो बयान

    हनि ट्रयापिङ प्रकरण : एसपी कमल थापासँग सिआइबीले लियो बयान

    अनलाइन नेपाल
  • बिहिबार, २९ कार्तिक २०८१
  • 969
    SHARES

    काठमाडौं । व्यापारीलाई हनि ट्रयापिङमा फसाएर प्रहरीकै मिलेमतोमा ३० लाख असुलिएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आगामी साता सरकारी वकिलमार्फत मुद्दा दायरको तयारी गरेको छ । यसमा मुछिएका एसपी कमल थापासँग सिआइबीले बयान कागज गरेको छ ।



    थापा योजनाकार समूहमै देखिएपनि उनलाई जोगाउने प्रयास भइरहेको छ । सरकारी वकिल कार्यालयको निर्देशनमा प्रहरीले उनको बयान कागज गरेको हो ।



    गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा मोरङका एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो । जसमा प्रभागकी तत्कालिन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीको समेत मिलेमतो थियो ।

    निलम्बनमा परेकी उनी डेढ महिनादेखि फरार रहेपनि प्रहरीले अनुसन्धानमा चासो दिएको छैन । उनका चालक रहेका सहायक हवल्दार महेन्द्र हमाल र गिरोहका ताज इस्लाम, सुष्मा विक र भिमादेवी थापालाई प्रहरीले पक्राउ गरी संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    इन्सपेक्टर शाही र इटहरीका दर्शन पोखरेलविरुद्ध समेत पक्राउ पूर्जी जारी भएपनि फरार नै छन् । एसपी थापाले नै ताज इस्लामको समुहलाई इन्सपेक्टर शाहीलाई भेटाएका थिए ।

    पैसा लेनदेनपछि पनि इस्लाम र एसपी थापाबीच डेढ घन्टा कुराकानी भएको थियो । जसकारण उनको समेत यसमा योजना देखिएको छ । साथै गत जेठमा ठेकदार विदुर शर्मालाई दरबारमार्ग वृत्तमा त्यसैगरी फसाइएको घटनामा समेत उनको मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ ।

    तर, आफुविरुद्ध मुद्दा रोक्न उनले प्रधानमन्त्रीको सचिवालयलदेखि अख्तियारबाट समेत दबाब सिर्जना गरिरहेको सिआइबीका एक अधिकारी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार