Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नेपाल प्रहरीका यी सईलाई नियम कानून लाग्दैन ?

    नेपाल प्रहरीका यी सईलाई नियम कानून लाग्दैन ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ कार्तिक २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । शक्ति र पहुँचका कारण नियम कानूनकै धज्जी उड्दो रहेछ भन्ने कुरा नेपाल प्रहरीका एक सईका सामु लागू भएको छ ।

    हाल वडा प्रहरी कार्यालय लगनखेलको प्रमुखमा सरुवा भएका वरिष्ठ सई दिपेन्द्रराज गिरी पहिल्यै प्रमुख भएर काम गरिसकेको उक्त स्थानमा पुनः जान सफल भएका हुन् ।



    यसअघि २०७५ असार २६ मा उक्त चौकीको प्रमुख भएर काम गरेका उनी काण्ड लागेर कारबाही स्वरुप तानिएका थिए ।



    तत्कालिन प्रहरी प्रभाग लगनखेलको प्रमुख भएर उनले एक वर्ष काम गरे । सातदोबाटोस्थित एक घरमा पुगेर युनिफर्ममै आचरण विपरित काम गरेको खुलेपछि उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका थिए ।

    वरिष्ठ सई दिपेन्द्रराज गिरी

    त्यतिबेला उनलाई स्थानीयले लखेटेका समेत थिए । आफ्नो ब्याचमा आकर्षक पोष्टिङ र अकुत सम्पत्ति कमाएका गिरीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पुनः सोही स्थानमा प्रमुख बनाएर पठाएपछि गिरी कति शक्तिशाली सई रहेछन् भन्ने पुष्टि भएको छ ।

    सामान्यतयाः एउटा कार्यालयको इन्चार्ज भएर काम गरेकालाई त्यहाँबाट तानिएपछि पुनः सोही कार्यालयमा पठाउन मिल्दैन ।

    तर, गिरीको हकमा भने नियम कानून कै धज्जी उडाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले सोही स्थानमा काज सरुवा गरेकी हुन् ।

    उनी आजबाट हाजिर हुने बताइएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले वरिष्ठ सई गिरीको काज सरुवा तीन दिन अघि नै भएको पुष्टि गरे ।

    पहिले कार्यालय प्रमुख हुँदा कारबाही स्वरुप तानिएका प्रहरीलाई पुनः सोही कार्यालयको प्रमुख बनाउन मिल्छ भन्ने अनलाइन नेपालको प्रश्नमा एसएसपी घिमिरे भन्छन्–‘त्यसबारे प्रशासनलाई थाहा नभएको हुनसक्छ । भखैरै मात्र बाहिरी जिल्लाबाट सरुवा भएर आएकाले गिरीलाई त्यहाँ काज सरुवा गरिएको रहेछ । यसबारे म एआईजीसा’पलाई जानकारी गराउँछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार