Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सुप्रिम सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसँग आज पनि बयान लिइँदै

    सुप्रिम सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसँग आज पनि बयान लिइँदै

    अनलाइन नेपाल
  • बुधबार, २८ कार्तिक २०८१
  • 159
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ । सुप्रिम सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही लगिएका पूर्व गृहमन्त्रीसमेत रहेका रविको आज पनि बयान लिइन लागेको हो ।

    मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ ५ः ४५ बजेसम्म चलेको थियो । तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आज कार्यालय समय सुरु भएसँगै बयान लिने काम सुरु हुने बताइएको छ ।



    सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो ।



    गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार