Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ‘मानव तस्करी’ आरोपित पूर्वमन्त्री अधिकारीलाई ७ दिन हिरासतमा राख्न अनुमति

    ‘मानव तस्करी’ आरोपित पूर्वमन्त्री अधिकारीलाई ७ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • मंगलबार, २७ कार्तिक २०८१
  • 390
    SHARES

    काठमडौं । कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

    मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले अधिकारीसहित नौ जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।



    फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारीसहित दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन्।



    उनीहरुलाई दिएको दुई दिनको म्याद सोमबार सकिएपछि प्रहरीले मंगलबार अदालतमा पेस गरेको थियो । यही कात्तिक १३ गते संघीय र प्रदेश सरकारको अनुमतिबेगर अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै टोकियो विमानस्थल पुगेका थिए ।

    टोकियो विमानस्थल कार्यालयले भने त्यहाँ प्रवेश नदिई नेपाल ‘डिपोर्ट’ गरेसँगै मानव तस्करीको धन्दा खुलेको हो । यही प्रकरणमा अधिकारीलाई आइतबार पक्राउ गरिएको हो । आरोपीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार