Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा, ७ खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउने

    यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा, ७ खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउने

    अनलाइन नेपाल
  • शनिबार, २४ कार्तिक २०८१
  • 495
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युएईमा हुने एसीसी मेन्स यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरेको छ ।

    क्यानले शनिबार हेमन्त थामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो । चोटका कारण यू–१९ विश्वकप गुमाएका हेमन्तले नेपालको सिनियर टिमबाट समेत खेलिसकेका छन् । उनले गत फेब्रुअरीमा कीर्तिपुरमा भएको क्यानडा विरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका थिए ।



    नेपाली यू–१९ टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् । त्यसैगरी आकाश त्रिपाठी र उत्तम रंगु थापा मगर पनि टिममा छन् । कुमालले यसअघि यू–१९ टिमबाट आईसीसी यू–१९ विश्वकप खेलिसकेका छन् ।



    त्यस्तै भर्खरै सकिएको यू–१९ राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेका सन्तोष यादव, युवराज खत्री, विपिन कुमार महतो, रञ्जित कुमार पनि टोलीमा समेटिएका छन् । नेपाल ए टिमबाट खेलिसकेका मयन यादव पनि टिममा छन् । यसअघि यू(१९ टिममा रहेका नरेन भट्ट र अभिषेक तिवारी पनि टिममा छन् ।

    यू–१९ राष्ट्रिय प्रतियोगितामा सन्तोष बेस्ट प्लेअर र बेस्ट बलर घोषित भएका थिए । यसअघि उनले नेपालको यू–१६ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।

    अन्तिम टोलीमा १४ जना खेलाडी मात्र हुने भएपनि रिजर्भसहित १८ खेलाडीको सूची सार्वजनिक गरिएको क्यानले जनाएको छ ।

    टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक छन् ।

    यू–१९ टिममा परेका १८ खेलाडीमध्ये केही खेलाडी नोभेम्बर ३० देखि नै काठमाडौंमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विभिन्न टिममा अनुबन्ध भएका छन् । ती खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउनेछन् ।

    यू–१९ का कप्तान हेमन्त धामीसहित आकाश त्रिपाठी जनकपुर बोल्ट्समा अनुबन्ध छन् भने उपकप्तान अर्जनु कुमाल र नरेन साउद सुदूरपश्चिम रोयल्समा अनुबन्ध छन् ।

    यस्तै नरेन भट्ट विराटनगर किंग्समा, रन्जित कुमार चितवन राइनोजमा, युनिश विक्रम ठकुरी कर्णाली याक्समा अनुबन्ध भएका छन् । यी ७ खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार