Online Nepal
  • मंगलबार, १८ मंसिर २०८१
  • देशबाट भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ : राष्ट्रपति पौडेल

    देशबाट भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शनिबार, २४ कार्तिक २०८१
  • 168
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी रहेको बताएका छन् ।

    काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी रहेको राष्ट्रपति पौडेलले बताए।



    राष्ट्रपति पौडेलले अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरुलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरु तय गरी लागू गर्नुपर्ने बताए।

    उनले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताएका हुन्।

    उनले मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउनसक्नु नै अहिलेको आवश्यकता भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार