Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हङकङमा नेपाली विद्यार्थीलाई कारले दियो ठक्कर, उपचारका क्रममा गयो प्राण !

हङकङमा नेपाली विद्यार्थीलाई कारले दियो ठक्कर, उपचारका क्रममा गयो प्राण !

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । कारको ठक्करबाट हङकङको युनलङमा नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

बिहीबार बिहान कलेज जाने क्रममा कारले ठक्कर दिँदा १९ वर्षीया छात्रा लिसाको मृत्यु भएको हो । उनी हङकङमै जन्मेको खुलेको छ ।

त्यहाँको प्रहरीका अनुसार बिहान ८ बजेतिर अनलक रोडमा बाटो पार गर्ने क्रममा किशोरीलाई कारले ठक्कर दिएको थियो । चिनियाँ मूलका ३० वर्षीय चालकले कार हाँकेको बताइएको छ ।

स्वास्थ्यकर्मी तथा प्रहरीले उनलाई बेहोस अवस्थामा पोकओइ अस्पताल लगेका थिए । त्यसपछि उनलाई चुनमुन अस्पताल लगिएको बताइएको छ । सो अस्पतालमा उनको शल्यक्रिया गरिए पनि बचाउन भने नसकिएको बताइएको छ ।

उनको दिउँसो २ः०६ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077