Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • इजरायली प्रधानमन्त्री नेतान्याहूले गरे रक्षामन्त्रीलाई बर्खास्त

    इजरायली प्रधानमन्त्री नेतान्याहूले गरे रक्षामन्त्रीलाई बर्खास्त

    अनलाइन नेपाल
  • बुधबार, २१ कार्तिक २०८१
  • 339
    SHARES

    एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई पदबाट बर्खास्त गरेका छन्।

    विश्वास गर्ने वातावरण नदेखिएको भन्दै इजरायली प्रधानमन्त्री नेतान्याहूले रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त गरेका हुन् ।



    लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेशमन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।



    प्रधानमन्त्री नेतान्याहूले ग्यालन्टलाई रक्षा मन्त्रीको रूपमा पत्र प्राप्त भएको ४८ घण्टाभित्र पद समाप्त हुने जानकारी दिएका छन् ।

    युद्धको शुरूआती समयमा विश्वाससहितका कामहरू भए पनि पछिल्लो समयमा विश्वसनियता घट्दै गएको जनाउदै नेतन्याहूले बर्खास्तको विज्ञप्ति जारी गरेको छ ।

    रक्षामन्त्रीसँगको विश्वासको सङ्कटले सैन्य अभियानलाई उचित मार्गदर्शन र सक्षम बनाउन नसकिने बताउँदै नेतान्याहूले यस्तो निर्णय गरेको बताए ।

    बर्खास्त भएपछि ग्यालन्टले इजरायलको सुरक्षाका लागि सक्रिय रहने वाचा गरेका छन् । सामाजिक सञ्जाल एक्सको पोस्टमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको लक्ष्य हुने र यसका लागि सधैं लागिरहने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार