एजेन्सी । अमेरिका राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइरहेको छ ।
हालसम्म ३५ राज्यको नतिजा आइसकेको छ । जसमध्ये २२ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १३ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएका छन् ।
मतदानमा अहिलेसम्म कुनै ठूलो परिवर्तन भएको मानिएको छैन । प्रजातन्त्रप्रति वफादार मानिएको राज्यमा कमलाले जित हात पारेकी छन्।
अमेरिकाका ५० राज्यमा ५३८ इलेक्टोरल भोट अर्थात् सिटका लागि मंगलबार नेपाली समय अनुसार लगभग अपराह्न ४ बजेदेखि मतदान सुरु भएको थियो ।
सबै राज्यमा भोटिङ आज बिहान करिब १० बजेसम्म समाप्त हुने जनाइएको छ। राष्ट्रपति चुनावसँगै संसदीय निर्वाचनमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।
राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा छ ।
कमला विजयी भए २३० वर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्नेछिन् । ट्रम्पले जिते उनी ४ वर्षपछि ह्वाइट हाउस फर्किनेछन् ।
Leave a Reply