Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जुवाडे प्रेमका कारण सुरुमै विवादमा तानिए मोरङका एसपी

    जुवाडे प्रेमका कारण सुरुमै विवादमा तानिए मोरङका एसपी

    अनलाइन नेपाल
  • मंगलबार, २० कार्तिक २०८१
  • 1.3K
    SHARES

    विराटनगर । ठूला जुवाडेलाई चलखेलका आधारमा उन्मुक्ति दिएपछि मोरङका एसपी नारायण चिमोरिया सुरुमै विवादमा परेका छन् ।

    १० लाखसहित पक्राउ परेका १० ठूला जुवाडेलाई चलखेलका आधारमा भोलिपल्टै छाडेपछि प्रहरीमाथि प्रश्न उठेको हो ।



    गत १६ कात्तिकको बेलुका प्रहरीले विराटनगर महानगरपालिका–११ स्थित सङ्गम पार्टी प्यालेसबाट १० जना जुवाडेलाई पक्राउ गरेको थियो ।



    पक्राउ परेकालाई शनिबार नै आफन्तको जिम्मा लगाएर छाडिएको थियो । तिहारको समय भएको तथा जुवाडेहरु प्रेसर र सुगरको रोगी भएको बहानामा छाडिएपनि खासमा चलखेलकै आधारमा छाडिएको स्रोत बताउँछ ।

    उनीहरुलाई थप थुनामा नराखी बयान लिएर छिटो छिटो मुद्दा बुझाउने सेटिङ समेत भइसकेको छ ।

    प्रहरीले विराटनगर ११ का पशुपति भगत, सोही ठाउँका ६१ वर्षीय राजन कँडेल, सोही ठाउँका वर्ष ४१ का टुनटुन शर्मा, ४७ वर्षीय सुरेन्द्र ठाकुर, ५० वर्षीय वीरेन्द्र साह, विराटनगर–३ का ५५ वर्षीय पेट्रोलियम व्यवसायी ध्रुव सिग्देल, विराटनगर–५ का ५५ वर्षीय मनिराज प्रसाई, ५० वर्षीय बाबुराम कटेल, ४६ वर्षीय लीला सहनी र पाटी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठलाई १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच बुक तास बरामदसहित पक्राउ गरेको थियो ।

    उनीहरु विराटनगरका पहुँचवाला व्यापारी हुन् । त्यसकारण उनीहरुले कांग्रेस र एमालेका नेतामार्फत दबाब दिनुका साथै आर्थिक चलखेल समेत गरेको स्रोत बताउँछ । पहुँच नभएका जुवाडेलाई भने प्रहरीले मुद्दा चलाएरै छाडेको थियो ।

    यो घटनाले एसपी चिमोरियामाथि स्थानीयले प्रश्न गरेका छन् । यसअघिका मोरङका एसपी नवराज कार्कीमाथि समेत छानविन भइरहको बेला नयाँ एसपी पनि विवादमा परेका छन् ।

    कार्कीलाई हटाएर एसपी राजन लिम्बुलाई मोरङ पठाइएकोमा कांग्रेस नेता शेखर कोइरालाको दबाबमा लिम्बुको काज रद्द गरी चिमोरियालाई पठाइएको थियो ।

    चिमोरिया आर्थिक रुपमा कमजोर प्रहरी अधिकृत मानिन्छन् । यसअघि मानव अधिकार आयोगले समेत उनलाई कारबाही सिफारिस गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार