Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो

पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो

मंगलवार , कार्तिक २०, २०८१

सर्लाही । सर्लाहीको पोखरीमा कार खसेर डुबेका दुईजना मृत भेटिएका छन् ।

तिब्र गतिका कारण पोखरीमा खसेर डुबेको कारबाट उनीहरुको शव निकालिएको हो ।

गौशाला नगरपालिका–१० का अन्दाजी ३७ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव निकालिएको सर्लाही प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव पेला पारेका हुन् ।

ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान पोखरीमा डुबेको थियो ।

पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077