Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • रविबारे तोसिमाको टिप्पणी – प्रहरीले पर्याप्त‌ बयान नलिने, तर म्याद‌ थपिरहने !

    रविबारे तोसिमाको टिप्पणी – प्रहरीले पर्याप्त‌ बयान नलिने, तर म्याद‌ थपिरहने !

    अनलाइन नेपाल
  • सोमबार, १९ कार्तिक २०८१
  • 213
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सभापति रवि लामिछानेसँग प्रहरीले पर्याप्त‌ बयान नलिने गरेको आरोप लगाएकी छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद कार्कीले यस्तो आरोप लगाएकी हुन् ।



    उनले जनताको प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसकेको समाचार तथा सूचना प्रवाह गरेको दाबीसमेत गरिन ।



    सांसद कार्कीले निष्पक्ष रुपमा अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई आग्रह गरेकी छन् ।

    तोसिमाले भनेकी छन्, ‘यता थुनामा राखिरहने,‌ अनुसन्धान पनि नगर्ने,‌ पर्याप्त‌ बयान पनि नलिने अनि म्याद‌ चाहिँ थपिरहने । उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आमजनसहभागिता तुहाउन खोज्ने । वा ! गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदै छौँ हामी । थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् । निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस् ।’

    रास्वपाका सभापति लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् । सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका रविलाई दोस्रो पटक थपिएको म्याद सकिएको छ ।

    अब तेस्रो म्यादका लागि मंगलबार अदालतमा लगिँदैछ । यसअघि नै रविको बयान सकिएकाले मंगलबार कास्की जिल्ला अदालतमा थुनछेकको बहस अघि बढ्न सक्नेछ।

    यस्तोमा रास्वपा सांसद कार्कीले रविसँग पर्याप्त‌ बयान पनि नलिई नै म्याद‌ थपिरहेको गुनासो गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार