Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको कडा चेतावनी

    गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको कडा चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १८ कार्तिक २०८१
  • 531
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले ‘विनाशकारी’ अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् ।

    मानवीय मामिलाका लागि कार्यवाहक उप-महासचिव र आपत्कालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले उत्तरी गाजामा प्यालेस्टिनीहरुले रोग, भोकमरी र हिंसाका कारण मृत्युको जोखिम सामना गरिरहेको बताएका छन्।



    अधिकारीहरूले पहुँचमा प्रतिबन्धका कारण आधारभूत आवश्यकताहरूसमेत पूरा गर्न मानवीय सहायता अपर्याप्त रहेको कुरामा जोड दिएका छन्।

    उनीहरूले मानवीय जीवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउँदै व्याप्त असुरक्षाका कारण प्रभावितहरू सम्म सहयता पुग्न नसकेको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार