Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • तिहारको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने – नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक

    तिहारको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने – नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक

    अनलाइन नेपाल
  • बिहिबार, १५ कार्तिक २०८१
  • 33
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन् ।

    तिहार पर्व, २०८१ को अवसरमा बिहीबार विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको बताए ।



    ‘‘यस्ता पर्वहरू मध्ये दसैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाध्ने गरेको छ । बडा दसैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाईन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ ।’’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।



    मानव र प्रकृतिबिच अन्योन्याश्रित सम्बन्धका स्वरूप गोवर्द्धन पर्वत, मानव र अन्य जनावरबिचको सुमधुर सम्बन्धलाई स्थापित गर्न काग, कुकुर, गाईलगायत जनावर एवम् पंक्षीको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजुभाइबिचको अक्षुण्ण सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिन्छ ।

    गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्त्वपूर्ण कडीका रूपमा पनि यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्हपूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्त्वपूर्ण पक्ष हो ।

    उनले पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवम् वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार