Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • वैद्यखानालाई स्वास्थ्यमन्त्री पौडेलको आग्रह – उत्पादन बढाउनूहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ

    वैद्यखानालाई स्वास्थ्यमन्त्री पौडेलको आग्रह – उत्पादन बढाउनूहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ

    अनलाइन नेपाल
  • बुधबार, १४ कार्तिक २०८१
  • 165
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिलाई उत्पादन बढाउन आग्रह गरेका छन्।

    समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन्।



    उनले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाए।



    स्वास्थ्यमन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताए।

    देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने स्वास्थ्यमन्त्री पौडेलको भनाई छ।

    उनले समितिले आफैँ उत्पादन वृद्धि गरेर कमाउनुको विकल्प नभएको भन्दै आफ्नै आम्दानीको सुनिश्चितता भएमा समितिको आर्थिक स्थिति सहज हुँदै जाने उललेख गरे।

    स्वास्थ्यमन्त्री पौडेलले मौलिकता, संस्कृति र पहिचानका लागि वैद्यखानाको विशेष महत्व रहेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार