Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • निवर्तमान गृहमन्त्रीलाई थुन्ने प्रहरीले आफ्नै इन्सपेक्टरलाई पक्राउ गर्न सकेन

    निवर्तमान गृहमन्त्रीलाई थुन्ने प्रहरीले आफ्नै इन्सपेक्टरलाई पक्राउ गर्न सकेन

    अनलाइन नेपाल
  • बुधबार, १४ कार्तिक २०८१
  • 738
    SHARES

    काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछाने यतीबेला प्रहरी हिरासतमा छन् । सहकारीको रकम ग्यालेक्सी टिभीबाट हिनामिना गरेको आरोप उनीमाथि छ ।

    यसरी निवर्तमान गृहमन्त्रीलाई पक्राउ गर्न सक्ने प्रहरीले आफ्नै एक इन्सपेक्टरलाई भने गम्भीर मुद्दामा पक्राउ गर्न सकेको छैन ।



    हनि ट्रयापिङ गिरोहसँग मिलेर पैसा असुल्ने निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीलाई पक्राउ नगर्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ ।



    खुलेआम रहेकी शाहीलाई पक्राउ गर्न प्रहरीले चासो नै दिएको छैन । कतै प्रहरी संगठन नै उनलाई जोगाउन लागेको त होइन भन्ने प्रश्न समेत उठेको छ ।

    प्रहरी प्रभाग,भैंसेपाटीको प्रमुख हुँदा इन्सपेक्टर शाहीले एक व्यवासायीलाई थुनामा राखी ३० लाख रुपैयाँ लेनेदन गरी छाडेकी थिइन् ।

    मिलापत्र गराएपछि उनले छुट्टै डेढ लाख रुपैयाँ घुस समेत लिएकी थिइन् । जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सो गिरोहका तीन जना र एक प्रहरीलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

    घटनामा संलग्न बिनु र इटहरीका दर्शन पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएपनि उनीहरु फरार छन् । स्रोतका अनुसार उच्च प्रहरी अधिकारी र गृहका केही अधिकारी अझै पनि बिनुलाई जोगाउने प्रयासमा छन् ।

    सो घटनामा मुछिएका एसपी कमल थापा पनि अनुसन्धान प्रभावित बनाउने प्रयासमा छन् । सरकारी वकिलले उनको समेत बयान गराउन भनेपछि प्रहरीले आनाकानी गरेको छ ।

    निष्पक्ष अनुसन्धान हुन सकेमा यो घटनामा एसपी थापा समेत प्रतिवादी बन्ने अवस्था छ । उनकै योजनाअनुसार इटहरीका व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखिएको पुष्टि भइसकेको छ ।

    एसपी र इन्सपेक्टरलाई जोगाउन भइरहेको चलखेलले प्रहरीले अपराधमा लागेका आफ्ना कर्मचारीलाई जोगाउँछ भन्ने सन्देश गएको छ । जसकारण प्रहरीमाथि जनआक्रोश बढ्ने जोखिम देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार