Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • सुदूरपश्चिमका तीन जिल्लाबाट २६ जुवाडे पक्राउ

    सुदूरपश्चिमका तीन जिल्लाबाट २६ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १४ कार्तिक २०८१
  • 42
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लाबाट २६ जना जुवाडे पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली, कञ्चनपुर र बझाङबाट उनीहरुलाई नगदसहित पक्राउ गरेको हो ।

    कैलालीको गोदावरी नगरपालिका–८ हरीनगर बस्ने प्रदिप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा भुलसहित ९ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलवार राति पक्राउ गरेको हो ।



    उनीहरुलाई नगद ६१ हजार २३०, २ गड्डीतास र बागमती प्रदेश ०२–०४१ प १८५४ नम्बरको स्कुटीसहित पक्राउ बताइएको छ ।



    यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाँउ स्थित ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा घटालसहित १२ जना पक्राउ पेरका छन् । यी १२ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ८२ हजार ३२२ र ६ गड्डी ताससहित पक्राउ गरेको हो।

    उता बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने ६५ वर्षीय बजुर खड्काको कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा खड्कासहित ५ जना जुवाडे पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले यी पाँच जनालाई नगद ६६ हजार १३० र २ गड्डी ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार