Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बुटवलबाट ५० लाखको सुनसहित दुईजना पक्राउ

    बुटवलबाट ५० लाखको सुनसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ कार्तिक २०८१
  • 399
    SHARES

    रुपन्देही । प्रहरीले २९ तोला सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका– ८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंका लागि छुटेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छलेर भित्र्याइएको सुन ल्याइएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।



    बुटवलको रामनगरमा उक्त बसमा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरूको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

    ४९ लाख ५४ हजार बढी मूल्य बराबरको सुन बिस्कुट आकारमा रहेको बताइएको छ । बरामद सुन र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार