काठमाडौं । सुदूरपश्चिममा ठूलो मात्रामा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
मंगलबार कञ्चनपुरको पुनर्वास नगरपालिका-३ बजार क्षेत्रबाट प्रहरीले ११८ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पक्राउ पर्नेमा पर्सा घर भएर धनगढी बस्ने अमित कुमार र बेलौरीकी सीता देबी चौधरी रहेका छन् ।
लागूऔषध नियन्त्रण व्युरो महेन्द्रनगरबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले सो अपरेसन चलाएको हो ।
सुदूरपश्चिममा प्रहरीले यो अहिलेसम्मकै ठूलो अपरेसन सफतापूर्वक सम्पन्न गरेको दाबी गरिएको छ ।अहिले घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
Leave a Reply