काठमाडौं । सरकारले भूमि समस्या समाधान गर्न ८ सदस्यीय आयोग गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको जानकारी दिए । आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की रहेका छन् ।
त्यस्तै सदस्यहरुमा महोत्तरीका गुन्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईँ, दार्चुलाका गोबर्द्धन ओली, तनहुँकी आरती भण्डारी, कैलालीका टेकबहादुर शाह, सिन्धुपाल्चोकका जगतबहादुर बस्नेत रहेका छन् ।
Leave a Reply