Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी, लडाकू शिविरमा भ्रष्टाचारको आरोप

    प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी, लडाकू शिविरमा भ्रष्टाचारको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, १३ कार्तिक २०८१
  • 765
    SHARES

    काठमाडौं । युवराज पौडेल ‘सफल’ले माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

    उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी दिएका हुन् ।



    त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही रहेका छन् ।



    उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ ।

    माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा उल्लेख गरिएको छ । पौडेलले दिएको निवेदन अख्तियारले दर्ता गरेको पनि बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार