Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • खसीको भनेर बाख्राको मासु बेचेपछि…

    खसीको भनेर बाख्राको मासु बेचेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, १३ कार्तिक २०८१
  • 312
    SHARES

    सिरहा । सिरहाको लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ।

    यसक्रममा सोमबार नगरपालिकाका उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा  बजार अनुगमन गरिएको थियो।



    अनुगमनका क्रममा एक मासु पसलेले खसीको भनेर बाख्राको मासु बेचेको भेटिएको छ। त्यसरी झुक्याएर ग्राहकलाई ठगी गर्ने पसलेलाई कारबाही गरिएको उपप्रमुख महतोले जानकारी दिए। उनका अनुसार ती पसलेलाई  पसलेलाई पाँच हजार जरिवाना गरिएको  छ।



    यसैगरी  ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भेटिएपछि ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए।

    अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो ।

    उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख  महतोले बताए।

    अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार