Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गण्डकी प्रदेश प्रहरीले जित्यो आईजीपी पुरुष भलिबल प्रतियोगिताको उपाधि

    गण्डकी प्रदेश प्रहरीले जित्यो आईजीपी पुरुष भलिबल प्रतियोगिताको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 102
    SHARES

    काठमाडौं । आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता– २०८१ को उपाधि गण्डकी प्रदेश प्रहरीले जितेको छ ।

    सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधि जितेको हो ।



    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यही कात्तिक ७ गतेदेखि सुरु प्रतियोगिताका विजेता खेलाडी तथा अफिसियलहरुलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे।



    साथै उनले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, सहभागी टिमलाई मायाको चिनो, निर्णायकहरु एवं प्रतियोगितामा सहयोग पु¥याएकाहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार