Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • टिकापुरमा ३८ वर्षपछि आयो विमान !

    टिकापुरमा ३८ वर्षपछि आयो विमान !

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 117
    SHARES

    कैलाली । कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ ।

    टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको हो ।



    सोमबार टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको तारा एयरको विमान परीक्षण उडान गरिएको बताइएको छ ।



    संस्कृती पर्यटन तथा नागरिक उड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताए । उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार