Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला

    अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 210
    SHARES

    महोत्तरी । अनुहार जलेको अवस्थामा महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।

    पिपरा गाउँपालिका -७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५/३० वर्षकी महिलाको शव फेला परेको हो ।



    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार अहिलेसम्म मृतकको पहिचान भएको छैन । बिहान साढे ८ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।



    महिलाले हल्का पहेलो रंगको कुर्ता लगाएकी छन् । अनुहारमाथि सल राखेर जलाइएको छ । अनुहारको केही भाग जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकसमेत बोलाएर प्रहरीले पाँच घण्टा भन्दा बढी घटनास्थलको अनुसन्धान गरेको छ ।

    घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार