Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रमुख आयुक्त राई भन्छन् – अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन

    प्रमुख आयुक्त राई भन्छन् – अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 96
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।



    भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग अनिवार्य हुने उनको भनाइ छ ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिको बैठकमा भएको छलफलमा भाग लिँदै प्रमुख आयुक्त राईले अति जटिल कामहरू र सहजै हुने विकासका काममा सोही अनुसारको प्रावधान राख्नुपर्ने बताए ।

    उनले विकसित राष्ट्रमा विकासका नाममा बनेका गाइडलाइन नेपालको हकमा कार्यान्वयन गर्न जटिल हुने बताए ।

    साथै उनले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार