Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एसएसपी बढुवामा ४० एसपीको टक्कर

    एसएसपी बढुवामा ४० एसपीको टक्कर

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा २० प्रहरी उपरीक्षक (एसपी)को प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको तयारी भइरहेको छ।

    एआइजी, डिआइजी र एसएसपीमा एकैपटक बढुवा निकाल्ने प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच छलफल चलिरहेको छ ।



    दुई एआइजी, सात, डिआइजी, २० एसएसपी तथा ३२ एसपी पदमा बढुवा प्रक्रिया अघि बढेको हो ।



    एआईजीमा दुर्गा सिंह र बुद्धिराज गुरुङको प्रबल सम्भावना भएपनि डिआइजी केदार ढकालले समेत प्रयास गरिरहेका छन् ।

    डिआइजीमा २५ एसएसपीबीच प्रतिस्पर्धा छ भने एसएसपीका २० पदमा पनि ४० एसपीबीच प्रतिस्पर्धा हुँदैछ ।

    एसपी बढुवामा ११२ तथा ११४ टोलीबीच प्रतिस्पर्धा छ । सिनियर भएपनि कार्यसम्पादनमा कमजोर रहेका कारण यसअघि छुटेका गोविन्द अधिकारी र बिनोद सिलवाल यसपटक बढुवामा पर्ने निश्चित छ ।

    त्यस्तै ११२ टोलीबाट पहिलो नम्बरमा को बढुवा हुने भन्ने प्रतिस्पर्धा छ । हाल रमेश थापा पहिलो नम्बरमा छन् ।

    त्यस्तै,कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो,प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसीको पनि लगभग निश्चित छ । कँडेल , महतो, रानाभाट र केसी कार्यक्षमतामा कमजोर मानिन्छन् ।

    यही टोलीका कमल थापामाथि हनि ट्रयापिङ गिरोहसँग कनेक्सन देखिएपछि गम्भीर छानविन भइरहेको छ । ललितपुर प्रहरीले उनको बयान लिने तयारी गरिरहेको छ। जसकारण उनी बढुवामा छुट्ने सम्भावना बढेको छ ।

    यसअघि दोस्रो लटमा एसपी भएका ११४ कै टोलीका अधिकृतहरु पनि यसपटक सशक्त देखिएका छन् ।

    जसमा होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल, दीपेन्द्र शाही लगायत छन् ।

    तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल, पनि बढुवाको प्रतिस्पर्धामा छन् । उनीहरु २०७७ को बैशाखमा बढुवा भएका हुन् ।

    रमेश थापा लगायत २०७५ को माघमै बढुवा भएका थिए । त्यसकारण डेढ वर्ष पछि परिसकेको टोली यसपटक शक्तिकेन्द्र धाएर अघि आउने रणनीतिमा लागेको छ ।

    जसले बढुवामा तिव्र टक्कर छ । टक्करकै कारण तिहारअघि एसएसपीमा बढुवा हुने सम्भावना कम हुँदै गएको छ ।

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर १८ कात्तिकमा इन्टरपोलको सम्मेलनमा भाग लिन बेलायत जाँदै छन् । सहमति जुटेमा त्यसअघि एसएसपीसम्म बढुवा गर्ने उनको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार