Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

    आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 144
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल तीन विकेटले हारेको छ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

    अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १०४ रन बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।



    त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो ।



    नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए ।

    नेपालले अव भोलि स्कटल्यान्डसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार