Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बोलिभियाका पूर्व राष्ट्रपतिको कारमा गोली प्रहार

    बोलिभियाका पूर्व राष्ट्रपतिको कारमा गोली प्रहार

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 84
    SHARES

    एजेन्सी । बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताएका छन् ।

    केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीहरूले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उनले बताएका हुन् ।



    “म आइपुगेको कारमा १४ वटा गोली लागेका प्वाल छन्” मोरालेसले भने, “यो योजनाबद्ध थियो । इभोलाई मार्ने विचार थियो ।”



    अन्तर्वार्ता गर्ने रेडियो स्टेशन कौसाचुन कोकाले मोरालेस सवार भएको गोली लागेको पिकअप ट्रकको भिडियो सार्वजनिक गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार