Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीको चेतावनी – ८४ को निर्वाचनमा देखाउँछौं

    प्रधानमन्त्री ओलीको चेतावनी – ८४ को निर्वाचनमा देखाउँछौं

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 87
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताएका छन् ।

    एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्वसुरक्षाकर्मीहरुको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरे। उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने उल्लेख गरे।



    एमालेको साख नघटेको र आफूहरुले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

    यस्तै उनले झुट र बेइमान कुरा गर्नेहरुलाई उत्तरदायी बनाउने चेतावनी दिए । रवि लामिछानेको पक्षमा सडकमा प्रदर्शन गरिरहेकाहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका भाषण र जथाभावी बोल्ने कुराहरुलाई उत्तरदायी बनाउने बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार