Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जनकपुरबाट २२१ केजी गाँजासहित प्रकाश पक्राउ

    जनकपुरबाट २२१ केजी गाँजासहित प्रकाश पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 102
    SHARES

    धनुषा । धनुषा प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा धनुषा प्रहरीबाट खटिए टोलीले २२१ केजी ३८ ग्राम गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुड्वालाई पक्राउ गरेको हो ।



    उनलाई जनकपुरधाम–१४ बाबा आयल सेन्टर अगाडिबाट लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    मकवानपुरको भीमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना.५ ख.१७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा प्रतिबन्धित २२१ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार