Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नागार्जुनबाट पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ

    नागार्जुनबाट पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 267
    SHARES

    काठमाडौं । प्रहरीले पेतस्तोलसहित एक जना नेपाली सेनाका सिपाहीलाई पक्राउ गरेको छ।

    नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले एक जना सेनाका सिपाहीलाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्।



    उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचनाका आधारमा प्रहरी टोल रानीवनमा पुगेको थियो ।

    उक्त सूचनापछि स्वयम्भूबाट खटिएको टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो।

    उनीबाट युएसए लेखिएको पेस्तोल बरामद गरिएको छ। गोली भने फेला परेको छैन ।

    उनी नेपाली सेनाका सिपाही रहेको वृत्तले जनाएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार