Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 42
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार दुई छुट्टाछुट्टै स्थानमा छापा मार्दा नगद र ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    प्रहरीले गएराति धनगढी उपहमानगरपालिका–९ बङ्ग्राकटानमा छापा मारेको थियो । राति १ बजे खेतबारीमा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    पक्राउ परेकामध्ये ३४ वर्षीय हरि विष्ट मुख्य अभियुक्त रहेको बताइएको छ । उनीहरूको साथबाट रु २८ हजार ५६० नगद र १ गड्डी तास बरामद गरिएको छ ।



    त्यसैगरी, गएराति २ः५० बजे वडा नम्बर ७ बेलिबजारस्थित महेश चौधरीको घरमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये २९ वर्षीय हिक्मत थापा प्रमुख व्यक्तिका रूपमा पहिचान भएका छन् ।

    सोही स्थानबाट प्रहरीले रु ६४ हजार २३५ नगद र १ गड्डी तास बरामद गरेको छ । गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले दुवै स्थानमा छापा मारेको थियो । पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार