Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • किशोरी बेपत्ता प्रकरण

    प्रहरीबाटै स्थानीय असुरक्षित, चौकी नै अर्को ठाउँमा सारियो !

    प्रहरीबाटै स्थानीय असुरक्षित, चौकी नै अर्को ठाउँमा सारियो !

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 447
    SHARES

    बैतडी । बैतडीमा प्रहरी हवल्दार नै किशोरी बेपत्ता प्रकरणमा मुछिएपछि प्रहरी चौकी सारिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरमा रहेको महाकाली प्रहरी चौकीलाई सारिएको हो ।

    डिम्बरकी साढे १७ बर्षीया एक किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरी चौकीका तत्कालिन इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी मुछिएपछि प्रहरी चौकी नै सारिएको बताइएको छ ।



    तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



    जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाकाली प्रहरी चौकीलाई कुलाउमा सारिएको हो । प्रहरीबाटै आफूहरु असुरक्षित रहेको भन्दै स्थानीयले प्रहरी चौकी सार्न माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार