Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सदन र सडकबाट आन्दोलन गर्ने प्रचण्डको चेतावनी

    सदन र सडकबाट आन्दोलन गर्ने प्रचण्डको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 141
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारीसभामा उनले यस्तो चेतावनी दिएका हुन् ।



    उनले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । त्यसलाई बेवास्ता गरे सदन र सडकबाट आन्दोलन गर्ने उनको चेतावनी छ ।



    वर्तमान सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टीपंक्तिलाई समेत ढाँटेर रातको १२ बजे बनेको उनले उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार