Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सरकारको यो रवैया हेरेर चुप बस्न सक्दैनौं : अग्नि सापकोटा

    सरकारको यो रवैया हेरेर चुप बस्न सक्दैनौं : अग्नि सापकोटा

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 102
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारको यो रवैया हेरेर चुप बस्न नसक्ने बताएका छन्।

    काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको नभएर सीमित दलाल पूँजीपति, विचौलिया वर्गको भएको आरोप लगाए ।



    सरकारविरूद्ध खबरदारी गर्न अझै सशक्त आन्दोलनको तयारीमा रहेको उपाध्यक्ष सापकोटाको भनाइ छ।

    उपाध्यक्ष सापकोटाले अहिलेको आन्दोलन सुरूवात मात्रै भएको र यसले पनि सरकार नसच्चिए थप सशक्त ढंगले आन्दोलन गर्ने र त्यसका लागि माओवादी केन्द्र तयार रहेको बताए।

    उनले यो सरकार दलाल पुँजीपति र विचौलियाहरूले बनाइदिएको पुष्टी भएको पनि दाबी गरे। सरकारको सय दिनको अवधिमा सरकारले के गर्‍यो भनेर हेर्दा त्यो प्रमाणीत हुने बताए।

    असोजमा बाढी आउँछ भनेर अगाडि नै पूर्वानुमान गरिएको र त्यसको चेतावनी दिएपनि सरकारले बेवास्ता गरेको सापकोटाको भनाइ छ ।

    उनले वर्तमान सरकारले लोकतन्त्रको कुरा गर्नु हास्यास्पद रहेको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार