Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सरकारविरुद्ध माओवादीको खबरदारी जुलुस सुरु

    सरकारविरुद्ध माओवादीको खबरदारी जुलुस सुरु

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 150
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ।

    भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो ।



    सरकारविरुद्धको प्रदर्शनको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। प्रदर्शनमा प्रचण्डसहित पार्टीका सबै पदाधिकारी सहभागी छन्।



    काठमाडौं मलबाट जुलुस निकालेर भृकुटीमण्डपमा खबरदारी सभा गर्दैछ।

    माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारलाई दबाब दिन खबरदारी सभा गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार