Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अछामबाट तीनजना जुवाडे पक्राउ, नगद १६ हजार बरामद

    अछामबाट तीनजना जुवाडे पक्राउ, नगद १६ हजार बरामद

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 51
    SHARES

    फाइल तस्विर

    अछाम । प्रहरीले अछाममा तीनजना जुवाडेलाई पक्राउ गरेको छ ।

    जिल्लाको मंगलसेन नगरपालिका–५ स्थित दिपेन्द्र शाहीको घरमा कोठा भाडा गरी बस्दै आएका सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश भाटले जुवातास खेलाइरहेको अवस्थामा भाटसहित तीनजना जुवाडे पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।



    उनीहरुको साथबाट नगद १६ हजार ४३० रुपैयाँ, १ गड्डी तास र ३ थान मोवाइल सेट पनि बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार