Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित

    विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 201
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको छ । डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो ।

    अमेरिकाले दिएको १ सय ४५ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २४ ओभर पाँच बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । उसका एन्ड्रियु उमिदले ९८ र चार्ली टियरले ४३ रन बनाए ।



    यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि शाड्ली भान स्काल्कवेकले सर्वाधिक ५५ रन बनाए । स्कटल्याण्डका ब्राड क्युरीले चार र ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए ।



    यसै शृङ्खलाअन्तर्गत नेपालले भोलि बेलुका सवा नौ बजे अमेरिकासँग खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार