Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रदर्शनको स्वरूप फेर्न बसेको रास्वपाको बैठक निष्कर्षविहीन, शनिबार फेरि बस्ने

    प्रदर्शनको स्वरूप फेर्न बसेको रास्वपाको बैठक निष्कर्षविहीन, शनिबार फेरि बस्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 111
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

    शुक्रवार साँझ केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।



    बैठक शनिवार पनि बस्ने गरी शुक्रवार सकिएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । आन्दोलनको कार्यक्रमको स्वरुपबारे विवरण शनिवार नै सार्वजनिक गरिने उनले बताए ।



    लामिछानेलाई २ कात्तिकमा पक्राउ गरेर पोखरा लगिएपछि केही दिन रास्वपाले पोखरामै विरोध प्रदर्शन गरेको थियो ।

    गत शुक्रबार काठमाडौँमा पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले दोस्रोपटक म्याद थप गरी अर्को ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार