Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • धनगढीबाट एक लाख रुपैयाँका पटाकासहित एकजना पक्राउ

    धनगढीबाट एक लाख रुपैयाँका पटाकासहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 126
    SHARES

    धनगढी । प्रहरीले कैलालीमा पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।

    धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट धनगढी–२ सन्तोषी टोलका ४१ वर्षीय मिनबहादुर बुच्चामगर पटाकासहित पक्राउ परेका हुन् ।



    सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८२ नम्बरको कारमा १ लाख ४ हजार ३४० मुल्यको ३ कट्टा पटाका ल्याउँदै गरेको अवस्थामा मगरलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।



    उनी विरुद्ध बिष्फोटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरेर जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार