Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रास्वपा प्रदर्शनप्रति सत्तारूढ दलको टिप्पणी – न्यायालयमाथि दबाब दिने गतिविधिहरू लोकतन्त्र विपरीत

    रास्वपा प्रदर्शनप्रति सत्तारूढ दलको टिप्पणी – न्यायालयमाथि दबाब दिने गतिविधिहरू लोकतन्त्र विपरीत

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 150
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउपछि पार्टीले गरिरहेको विरोध प्रदर्शनप्रति सत्तारूढ दलले संयुक्त रुपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    शुक्रवार बसेको सत्तारूढ दलको बैठकले एक विज्ञप्तिमार्फत ७ बुँदे साझा धारणा सार्वजनिक गर्दै यस्तो असन्तुष्टि व्यक्त गरेको हो । सत्तारूढ दलहरुले रास्वपाको प्रदर्शनलाई विधिको शासन विपरीतको गतिविधि भनेका छन् ।



    साझा धारणाको बुँदा नम्बर ४ मा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिबारे उल्लेख छ । सोही बुँदामा छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरु भएको उल्लेख गरिएको छ ।



    ‘निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चितताको लागि अनुसन्धान, अभियोजन र न्याय निरूपणको प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्दछ,’ उक्त बुँदामा भनिएको छ, ‘तर पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरू सुरु भएका छन् । भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरू लोकतन्त्र र विधिको शासन विपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार