Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रवि लामिछानेमाथि काठमाडौं प्रहरीले पनि सुरु गर्‍यो अनुसन्धान

    रवि लामिछानेमाथि काठमाडौं प्रहरीले पनि सुरु गर्‍यो अनुसन्धान

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 432
    SHARES

    काठमाडौं । सहकारी ठगी मुद्दामा पोखरामा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि काठमाडौं प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ ।

    कालिकाटीको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा उनीमाथि अनुसन्धान अघि बढेको हो । सो सहकारीका बचतकर्ताले यसअघि नै जाहेरी दिइसकेका छन् ।



    विगतमा कालिकाटी वृत्तले अनुसन्धान गरेकोमा हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा फाइल तानेर अनुसन्धान भइरहेको छ ।



    लामिछाने पक्राउ परेपछि अनुसन्धानलाई तिव्रता दिइएको परिसर स्रोतले बतायो। स्वर्णलक्ष्मी जिबी राईकै सहकारी हो ।

    सो सहकारीको पैसा उनले गोर्खा मिडिया लगायत संस्थामा गैरकानुनी रुपमा लगेर हिनामिना गरेका हुन् ।

    त्यसरी पैसा गएको बेला लामिछाने गोर्खा मिडियाको सञ्चालक भएकाले उनलाई पनि अनुसन्धान हुन लागेको हो ।

    लामिछानेलाई कास्कीपछि रुपन्देही र चितवनमा मुद्दा दायर गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार