Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी

    सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 117
    SHARES

    काठमाडौं । बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।



    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने बताइएको छ ।



    बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली कांग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन् ।

    यसअघि सत्तारुढ दलको बैठक बुधवार बसेको थियो । उक्त बैठकमा सरकारको सय दिनको समीक्षा गर्नुका साथै आगामी दिनमा गर्ने कामबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।

    आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरणलेखि भोलि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको प्रदर्शनको बिषयमा समेत छलफल हुने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार